Rule 17
वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लेख गरिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त वित्तीय जानकारी इकाईको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कानून बमोजिम कुनै कार्य वा कसूर उपर कुनै कारबाही गर्न सक्ने अधिकार प्राप्त निकाय वा अधिकारीलाई सूचना वा विश्लेषण सम्प्रेषण गर्ने,
(ख) सूचना प्राप्ति, विश्लेषण लगायत वित्तीय जानकारी इकाईको कार्य सम्पादनको लागि आवश्यक विद्युतीय सूचना सञ्जाल स्थापना र सञ्चालन गर्ने,
(ग) सम्पत्ति शुद्धीकरण निवारण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सम्पर्क विन्दु (फोकल प्वाइन्ट) को रुपमा काम गर्ने,
(घ) कुनै विदेशी निकायले सिधै वा अाफ्नाे समकक्षी मार्फत कुनै सूचना माग गरेमा समकक्षीको अनुरोध सरह नै त्यस्तो सूचना प्रवाह गर्ने,
(ङ) विदेशी मुलुकको वित्तीय जानकारी इकाईसँग सूचना आदान प्रदान गर्दा सो सम्बन्धमा “एगमन्ट समूह (एगमन्ट ग्रुप)” ले तय गरेका सिद्धान्तलाई सामान्य सिद्धान्तको रुपमा लिई कार्य गर्ने,
(च) विदेशी मुलुकको वित्तीय जानकारी इकाईसँग सूचना आदान प्रदान गर्ने सम्बन्धमा आवश्यकता अनुरुप समझदारी कायम गर्ने,
(छ) विदेशी मुलुकको वित्तीय जानकारी इकाईबाट प्राप्त सूचना वा आफूले प्रवाह गरेको सूचनाको प्रयोग र उपलब्धिका बारेमा पृष्ठपोषण माग गर्ने र दिने ।